जेष्ठ १७ २०८३, आइतबार

पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकासहित देशका धेरे ठाउँमा ठूलो पानी परिरहेको छ

काठमाण्डौ – पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकासहित देशका धेरे ठाउँमा ठूलो पानी परिरहेको छ । मनसुनी प्रणाली सक्रिय भएका कारण हिजो दिउँसोदेखि विभिन्न क्षेत्रमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
Ads

 

 

Ads

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै गोर्खाको बारपाकमा १०२ दशमलव ४ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै सिन्धुपाल्चोकको ढुङ्गेमा ७६ दशमलव २, धादिङको गजुरीमा ७१ दशमलव २, सिन्धुलीको कुसुमटारमा ७१ दशमलव २, चितवनको शक्तिखोलमा ६४ दशमलव ६ मिलिमिटर पानी परेको छ ।

यस्तै पर्वत, लमजुङ, नुवाकोट, काठमाण्डौ, ललितपुर, भक्तपुर, म्याग्दी, बाग्लुङलगायतका जिल्लामा पनि सामान्यदेखि  मध्यम वर्षा भएको महाशाखाले जनाएको छ ।  

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार
भाद्र १७ २०८१,सोमबार